नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार सुधारका लागि सेयर लगानीकर्ताका साथै अन्य सरोकारवालाहरुसँग सुझाव मागेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले सरोकारवालाहरुसँग दुई दिनभित्र कार्यान्वयनयोग्य सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। ‘अर्थमन्त्री वर्षमान पुनबाट नेपालको पुँजी बजारको सुधार तथा विकासमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयबारे सुझाव माग भएको सन्दर्भमा…