सर्वोत्तम सिमेन्टको आईपीओमा ओइरियो आवेदन, १९.३२ गुणा माग

सर्वोत्तम सिमेन्टको आईपीओमा अन्तिम दिन बुधबारसम्ममा आवेदनको ओइरो नै लागेको छ । बुक बिल्डिङ्गबाट पहिलो कम्पनीको रुपमा आईपीओ जारी गरेको कम्पनीमा नै १९.२० गुणा आवेदन परेको छ । बुक बिल्डिङ्गबाट पहिलो कम्पनीको रुपमा सेयर जारी गरेको यस कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर बिक्रीमा ल्याएपनि आवेदनमा भने उच्च आकर्षण नै देखिएको हो ।…