नेपाल राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर अन्तर एक प्रतिशत विन्दु कायम गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत एक यस्तो अन्तर प्रतिशत विन्दु कायम गरेको हो । नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर एउटै हुन नहुने भन्दै फरक राख्न भनेको थियो । सो अनुसार केन्द्रीय बैंकले…