सस्तोमा बिक्री गर्नेभन्दै नेपालमै मोटरसाईकल उत्पादन गर्न करोडौं राजश्व छुट लिएर बजाज मोटरसाईकलले उपभोक्तालाई ठगि गरेको खुलासा भएको छ । नेपालमा एसेम्बल गरेर उपभोक्तालाई मूल्यमा सहुलियत दिने भन्दै बजाजले एक वर्षमा ७६ करोड ७० लाख ४७ हजार रुपैयाँ राजश्व छुट लिएको भेटिएको हो । कम्पनीले आर्थिक वर्ष ७६/७७ मा भैरहवा भन्सार कार्यालयबाट मात्रै उक्त छुट…