मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ । उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका हुन । राज्यको स्वामित्वमा रहेका व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।…