नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन काउण्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरेको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए…