भरतमोहन स्मृति फाउन्डेशनले काठमाडौंस्थित कंकाली माध्यमिक विद्यालयमा सीप विकास प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । फाउन्डेशनले पाँचौ स्मृति दिवसका अवसरमा शुक्रबार विद्यालयमा औपचारिक कार्यक्रम गरी उक्त प्रशिक्षण कार्यक्रम सुरू गरेको हो। फाउन्डेशनले चार वर्षदेखि आर्थिक, सामाजिक तथा विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ । यसपालिबाट सीप विकासमा विद्यालयसँग सहकार्य गर्न लागेको फाउन्डेशनकी संस्थापक लिमा अधिकारीले…