सीता एयरलाइन्सको भद्रपुर–ताप्लेजुङ उडान शुरु

निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । आजदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिए…