नबिल बैंकले सुरु गर्यो ‘नेपालका हिरोहरु’ नामक सिरिज, कठिन कामलाई सम्मान

नबिल बैंकले कठिन काम गरेर नेपालीहरुको लागि प्रेरणाका पात्र बनेका नेपालीहरुको सम्मानका लागि नेपालका हिरोहरु नामको सिरिज सुरु गरेको छ। अरुले पनि केही जानून् र सिकून् भन्ने उदेश्यले गत शुक्रबारदेखि बैंकले सिरिज सुरु गरेको बैंकले जनाएको छ । सिरिजको सुरुवातमा बैंकले सात महिनामै विश्वका १४ सर्वोच्च शिखर चढेर अद्वितीय काम गरेका निर्मल पुर्जालाई निम्त्याएको थियो।…