लर्डबुद्ध एजुकेशन फाउण्डेशनको मलेसियाको सबैभन्दा ठूलो विश्वविद्यालयमा सहकार्य

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो । सूचना प्रविधि सम्वन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अंकप्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानले जानकारी दिनुभयो ।…