पुँजीबजार भनेको व्यवसायी र बचतकर्ता तथा साना लगानीकर्तालाई जोड्ने एउटा माध्यम (पुल) हो । एकतर्फ उद्योगी एवं व्यवसायीसँग व्यवसाय गर्ने विचार हुन्छ । अर्कोतर्फ बचतकर्ता तथा लगानीकर्ताहरू हुुन्छन् । उनीहरूको दिमागमा आफ्नो बचत परिचालनबाट फाइदा कसरी लिने भन्ने प्रश्न खेलिरहन्छ । यसरी व्यवसायी र लगानीकर्तालाई जोड्ने काम पुँजीबजारले गर्छ । प्राथमिक निष्काशनमार्फत संगठित संस्थाहरूले शेयर…