अनौपचारिक क्षेत्रका ४० लाख श्रमिक मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी बनाइनेछ: प्रधानमन्त्री

समतामूलक न्यायपूर्ण समाजको स्थापनाका लागि चलेका ऐतिहासिक संघर्ष र आन्दोलनहरुको जगमा निर्मित नेपालको संविधानले श्रमिक वर्गको सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । समाज निर्माणको आधारभूत वर्गका रुपमा रहेको तर सधैं अन्यायमा परेका श्रमिकहरुको अधिकार स्थापना गर्दै उनीहरुको सामाजिक सुरक्षाको हकलाई अनुभूतिकै तहमा कार्यान्वयन गर्न नसकेसम्म संविधानको मूल मर्मको सही कार्यान्वयन हुन…