सबैले स्वीकार गरेको कसिलो मौद्रिक नीति ल्याउन ढिलाई किन ?

चालु आर्थिक वर्षको मौद्रिक नीति पनि राजनीतिक दाउपेचको निसानमा परेको छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर समेत विवादमा तानिएपछि तोकिएको समयमा मौद्रिक नीति नआउने जोखिम बढेको हो । अर्थमन्त्री र गभर्नर विवादमा परेपछि चालु आर्थिक वर्षको मौद्रिक नीति आउन ढिलाई हुने देखिएपनि कस्तो आउने भन्नेमा धेरै दुविधा छैन ।…