आइएमईको सेयर बजार कब्जा रणनीतिमा नेप्सेको मौन स्वीकृति, वाइको कै जवाफ बोर्डमा पठाउँदै

आइएमई समुहको सेयर बजार कब्जा गर्ने रणनीतिलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मौन स्वीकृति दिएको छ । समुहले नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनीसँग नै सहकार्य गरेर काम गर्दा पनि नेप्सेले नदेखे झैं गरेको हो । समुहले वाइकोसँग मिलेर विभिन्न कम्पनी खडा गरी कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र ब्रोकर ब्याक अफिसलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ…