विश्वभर व्यापारलाई सहज, स्वतन्त्र र अपेक्षित बनाउने हेतुले स्थापित विश्व व्यापार सङ्गठन डब्लुटीओ पछिल्लो समय समस्याग्रस्त बनेको छ। खासगरि उक्त सङ्गठनमा देशहरूबीच व्यापार विमतिबारेका मुद्दासम्बन्धी पुनरावेदन गर्न मिल्ने निकाय काम गर्न नसक्ने स्थितिमा पुगेको छ। एपिलेट बडी भनिने सो निकायमा तीनमध्ये दुईजना न्यायाधीशको कार्यकाल समाप्त भएको छ र अमेरिकी आपत्तिका कारण तिनको ठाउँमा अन्यको नियुक्ति…