कोरोनाले आक्रान्त पारेको बेला कसैले भ्रष्टाचार गरेको भए “त्यस्तालाई कारबाही गरिन्छ, हुन्छ” :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले कोरोना रोकथाममा खर्च भएको रकमको आन्तरिक लेखा…