चालु आर्थिक वर्षको दश महिना अर्थात बैंशाखमा स्वदेश भित्रने रेमिट्यान्स ६.१ प्रतिशतले घटेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै संकटमा हुनुका साथै बैदेशिक रोजगारीमा गएका नेपालीहरुको आम्दानी समेत प्रभावित भएकाले रेमिट्यान्स आप्रबाह घटेको हो । चालु आवको १० महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आई ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ कायम…