दश वर्ष अगाडि लुकाइएको १० लाख डलरको खजाना फेला पर्यो

उत्तरी अमेरिकाको रकी माउन्टेन्समा लुकाइएको १० लाख अमेरिकी डलरभन्दा बढी मूल्यको सुन, मणिमाणिक्य र बहुमूल्य वस्तु सहितको खजाना फेला परेको छ। प्राचीन वस्तुहरू सङ्कलन गर्ने फरेस्ट फेनले एक दशकभन्दा अगाडि सो पीतलले बनेको कन्तुर लुकाएर भेट्टाउन सक्नेका लागि छाडिदिएका थिए। उनको आह्वानपश्चात् हजारौँ मानिसहरूले सो कन्तुर खोजेको, केहीले जागिर नै छोडेर बचत पैसा खर्च गरि…