कालोबजारीमा भाटभटेनीलाई एक हजार जरिवाना र एक महिना कैद

लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा चितवनको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले एक हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ । उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई…