विश्वभरि नै मानिसहरूले अत्यावश्यकीय औषधीहरू थुपारेर राखिरहेका छन्। यद्यपि, विश्वका दुई ठूला औषधी आपूर्ति गर्ने देश चीन र भारत लकडाउनमा गएपछि, आपूर्ति भन्दा माग बढेको छ र खतरनाक खालका नक्कली औषधीहरूको व्यापार बढिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधीसम्बन्धी अपराधविरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन पान्जियाले जम्मा सात दिनमा…