शेयर लगानीकर्तालाई हल्लाको पछि नलागी सुझबुझपूर्ण निर्णय लिन बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई हल्लाको पछि लागेर हतोत्साहित भई निर्णय नलिन आग्रह गरेको छ।  पछिल्लो समय धितोपत्र बजारलाई कोरोना भाइरससंग जोडेर बजार प्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भइरहेको भन्दै बोर्डले लगानीकर्तालाई सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन अनुरोध गरेको हो। लगानीकताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक…