माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ । आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको लक्ष्य पूरा नहुने देखिएको हो । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य जति लम्ब्याउँदै गयो, त्यति नै आफूलाई आर्थिकरुपमा फाइदा पुग्ने कर्मचारीमा देखिएको मनोवृति कारण तोकिएको समयमा आयोजनाको निर्माण…