रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाई दिदी बहिनीले औपचारिक र अनौपचारिक माध्यम मार्फत पैसा स्वदेश पठाउने गर्छन्। रोजगारीका लागि विदेशिएका नेपाललीले बैंकिङ्ग च्यानल तथा रेमिट कम्पनी मार्फत, हुण्डी मार्फत नेपाल पैसा पठाउने गरेको पाइन्छ। त्यति मात्र नभई कामदार स्वदेश फर्कँदा आफ्नो साथमा नगद नै ल्याउने पनि गर्छन्। बैंकिङ्ग च्यानल मार्फत आएको रेमिट्यान्सको…