अध्यागमन विभागलाई गृहमन्त्रीको निर्देशनः यात्रुलाई दु:ख दिने काम तत्काल बन्द गर्नुस्

उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागलाई विमानस्थलमा यात्रुलाई सहज सेवा दिन निर्देशन दिएका छन् । मंगलबार कालिकास्थानस्थित विभागको कार्यलय पुगेर मन्त्री लामिछानेले विमानस्थलमा हुने अभद्र व्यवहारमा सुधार गर्न निर्देशन दिएका हुन् । विभागका सबै कर्मचारीलाई एकै स्थानमा राखेर मन्त्री लामिछानेले भने, “रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा आउँदा गरिने अमर्यादित…