प्रधानमन्त्री ओलीलाई पुनको चेतावनीः अर्थतन्त्रबारे मिथ्याङ्कको साहारा लिएर जनता झुक्याउन नखोज्नुस्

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रका सूचकबारे प्रधानमन्त्री केपी ओलीले मिथ्याङ्क प्रस्तुत गरी निराशा बाँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार ओलीले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा आफ्नो दलको धारणा राख्ने क्रममा पुनले ओलीले भनेजस्तो खराब अवस्थामा अर्थतन्त्र नरहेको बताए । पटकपटक प्रधानमन्त्री भएका ओलीले निराशाको कुरा गर्न…