नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिलको बिजुलीको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको लाइन काटेको हो । जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ…