धितोपत्र बजारमा बुधबार व्यापार र फाइनान्स उपसमुहगत सूचकमा उच्च वृद्धि भएको छ । प्रधानमन्त्रीको संसदमा विश्वासको मत परीक्षण गर्ने निर्णयपछि तत्काल सरकार परिवर्तन नहुने छाँट देखिएपछि लगानीकर्ता ‘लो क्याप’ कम्पनीमा प्रवेश गरेका हुन् । दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षण बढेपछि आज ब्यापार ६.१२ प्रतिशत र फाइनान्स सबइन्डेक्स ६.०४ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक २.७१…