आर्थिक वर्ष सकिन डेढ महिना रहँदा विकास खर्च ४१% मात्रै, राजश्व ६०% उठ्यो, बजेट घाटा सवा २ खर्ब

चालु आर्थिक वर्ष २०८०/८१ को साढे दश महिना अर्थात जेठ १५ गतेसम्ममा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ६३.७२ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०८१ जेठ १५ गतेसम्म ११ खर्ब १५ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१…