सरकारले दुई दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम सम्पन्न नगर्ने २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भएको हो । कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार भए प्रमाणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । कार्यालयले यसअघि ३० दिनभित्र लिखित…