बैंक तथा वित्तीय संस्थाको खराब कर्जा कम देखाउन राष्ट्र बैंकले नै सहयोग गर्दै आएको छ । केन्द्रीय बैंकले कर्जा पुनरसंरचना र पुनरतालिकिकरण गर्न दिएर खराब कर्जा कम देखाउन सहयोग गरेका हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत १० प्रतिशत ब्याज रकम असुल गरी कर्जाको पुनरसंरचना र पुनतालिकिकरण गर्न सक्ने व्यवस्था…