कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनापछि फरार हुँदै आएका धादिङ जिल्लाको रुवीभ्यालीका ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । कूल ३५ मध्ये उनी प्रमुख पाँचभित्र पर्ने अभियुक्त…