नेपालीहरुको ठूलो चाड बडा दशैंलाई हरियो रंगले स्वागत गर्दै साताको अन्तिम कारोबार दिन बिहीबारको बजार बन्द भएको छ । शेयर खरीदको रकम भुक्तानी दशैंपछि गर्दा हुने भएपछि लगानीकर्ताले दशैंका लागि शेयर बजारमा लगानी बढाएका हुन् । वित्तीय क्षेत्रमा रहेको अधिक तरलता र बैंकहरुमा सुरु भएको लाभांश सिजनले पनि लगानीकर्ताहरुको शेयर बजारमा लगानीगर्ने मनोबल बढ्दो छ…