लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुबाट संकलित बचतमा दिने र कर्जामा लिने ब्याजदर निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनमा लघुवित्तीय संस्थाले ब्याज गणना विधि, हर्जाना लगाउने विधि, सेवा शुल्क र कमिशन दर निर्णय गराई लागू गर्नुपर्ने व्यवस्था गरेको छ । लघुवित्त वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने प्रकाशित ब्याजदरमा…