विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगि नसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । मानिसको बाक्लो उपस्थितिले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो । यसपालि त्यसको ठिक विपरीत छ । उपत्यकाको व्यापारिक केन्द्र मानिने असन, न्यूरोड, इन्द्रचोक, महाबौद्धका व्यावसायी उपभोक्ताको प्रतीक्षा गरिरहेका छन् । बिहान…