तनहुँ जलविद्युतको केवल टनेलको ‘ब्रेक थ्रु’, चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको 'केवल टनेल' को काम पूरा भएको छ ।१४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा भएको हो । आयोजनाका प्रबन्धक श्यामजी भण्डारीले १८८ मिटर केवल टनेलको काम सम्पन्न भएको जानकारी दिए । “केवल टनेलको ब्रेक थ्रु भएको छ, अब विद्युत…