लघुवित्तले १५% भन्दा धेरै ब्याज लिन नपाउने, स्रोतको लागत पनि घट्ने

लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ग्राहकलाई अधिकतम १५ प्रतिशत भन्दा धेरै लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत लघुवित्तको पनि ब्याजदर व्यवस्थित गराउन ग्राहकबाट लिने माथिल्लो सीमा तोकेको हो। लघुवित्तीय संस्थाले आफ्नो ग्राहकबाट १८ प्रतिशतसम्म ब्याज लिने गरेकोमा चालु आर्थिक वर्षदेखि घट्ने भएको हो। गरीब तथा विपन्न परिवालाई…