सेयर बजार परिसूचक मापक नेप्सेको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन आइतबार २.३५ अंकले घटेको सूचक सोमबार थप गहिरिँदै १६.८२ अंकले घट्न पुग्यो । यससँगै बजार सूचक २००६.५२ मा झरेको छ । बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरको सकारात्मक असर सेयर बजारमा पर्न सकेको छैन…