जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन-प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोलेपु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ । गत जेठ ३१ देखि असार २६ गतेसम्म…