‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी

सरकारले यस वर्ष (विसं २०८१) लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ। नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको छ। नवीकरणीय र स्वच्छ ऊर्जाको विकास र विस्तार गर्ने लक्ष्यका साथ सरकारले नवीकरणीय उर्जा वर्ष मनाउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले…