अर्बौ खर्च गरिसकेको आयोजनाको वातावरणीय प्रतिवेदन खारेज, लगानीको वातावरण बनाउन ऊर्जा उद्यमीको माग

अर्बौ रुपैयाँ लगानी गरिसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) खारेज भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले गम्भीर आपत्ती जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको एउटा निकायले आयोजनाको अनुमति पत्र दिएर जनताको करोडौ रुपैयाँ लगानी भइसकेपछि अर्को निकायले आयोजना बनाउन मिल्दैन भन्दा ऊर्जा उद्यमीहरु पलायन हुनुपर्ने अवस्था आएको…