नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले मुलुकभित्र खपत गरी बढी भएको विद्युत बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदबहालीपछि शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र बढी भएको विद्युत बिक्रीका लागि बजार खोज्ने…