माउन्टेन इनर्जी नेपाल र युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले जारी गरेको साधारण शेयर सूचीकरणको प्रकृयामा ढिलाई भएको छ । दुबै कम्पनीले शेयर सूचीकरणको प्रकृया अगाडि बढाएर साताको सुरुवाती चरणदेखि नै शेयर कारोबार थालनी गराउने तयारी गरेपनि ढिलाई भएको हो । हाल माउन्टेन इनर्जी नेपालको शेयर सूचीकरणको प्रकृया सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सम्पन्न भैसकेको छ…