युनाइटेड इदी मर्दी एण्ड आर बि हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेको छ । नेपाल धितोपत्र बोर्डबाट गत असारमा नै सर्वसाधारण र आयोजना प्रभावितका लागि शेयर निष्काशनको अनुमति दिएको कम्पनीले केही समय अघि स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सोमबार शेयर बाँडफाँड…