जलविद्युत आयोजनामा लगानी बढाए पछि बुटवल पावर कम्पनीको खुद नाफा प्रभावित भएको छ । विद्युत बिक्रीबाट हुने आम्दानी लगायतका सूचकहरु सुधार भएको अवस्थामा कम्पनीको मुद्दती निक्षेपको व्याजबाट हुने आम्दानी घटेपछि नाफा पनि घटेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ७५ करोड ७१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।…