सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने सम्बन्धी विवादमा थप छलफलपछि आवश्यक निर्णय गर्ने भएको छ । समिति मातहतको उपसमितिको आजको बैठकमा महसुल उठाउने विषयमा कुनै द्विविधा नभए पनि विगतमा उठाउन किन पहल भएन तथा के कति कारणले समस्या प¥यो भन्नेलगायत विषयमा थप छलफल जरुरी रहेको…