मिलनचोक-रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका-४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३\११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले प्रसारण लाइन र…