नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा बक्यौता असुली भन्दै बिल पठाएपछि उद्योगी/व्यवसायीहरुले चर्को विरोध गरेका छन् । प्राधिकरणले विना कुनै प्रमाण/तथ्याङ्क बक्यौता असुली भन्दै विल पठाएपछि उद्योगीले विरोध गरेका हुन । प्रधिकरणले उद्योगहरुलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुली गर्न बिल पठाएको छ भने मकवानपुर र सुनसरी जिल्ला अदालतलाई उद्योगहरुको बक्यौताको तथ्याङ्क नभएको जवाफ दिएको छ ।…