नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरुलाई आईपीओ तथा हकप्रद निष्कासनमा कडाई गर्ने भएको छ । जसका लागि बोर्डले जलविद्युत कम्पनीसम्बन्धी नियमावली संशोधन गर्ने भएको छ । जलविद्युत कम्पनीहरुले सर्वसाधारणमा सेयर जारी गर्दै पैसा उठाउने तर परियोजना विकासमा वेवास्ता गरेको गुनासो बढेपछि बोर्डले जलविद्युत कम्पनीका लागि कसिलो प्रावधान राख्दै धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन गर्न लागेको…