आईपिओ लगत्तै माइ खोलाका सेयरधनीलाई शतप्रतिशत हकप्रदको भारी, नेटवर्थ र आम्दानी छैन उत्साहजनक

साधारण सेयर निष्काशनका क्रममा रेटिङ एजेन्सीले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्य जोखिम रहेको जनाएको माइखोला हाइड्रोपावर कम्पनीले आईपिओ लगत्तै सेयरधनीलाई हकप्रदको भारी बोकाउने भएको छ । २०७९ बैशाख ८ गतेदेखि १२ गतेसम्म प्राथमिक निष्काशन गरेको कम्पनीले ६ महिना नबित्दै शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । लगानीकर्ताको लगानीले प्रतिफल पाउने सुनिश्चित नभएको अवस्थामा…