मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आइतवार बेलुका ५ः३० बजे सेयर बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको हात खाली भएको छ…